डन्डी, स्कटल्याण्ड – जुन ४, २०२५
नेपालले आज नेदरल्याण्ड्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेटले जित हासिल गरेको छ। विश्व क्रिकेट लिग २ (WCL 2) अन्तर्गतको ७४औं खेलमा नेपालले १७ बल बाँकी रहँदै २२६ रनको लक्ष्य सफलतापूर्वक पछ्यायो।
नेदरल्याण्ड्सको पारी
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा २२५ रनमा सबै विकेट गुमायो।
उपकप्तान स्कट एड्वर्ड्स (46) र नोआ क्रोज (48) ले केही योगदान दिए तापनि नेपालको बलिङ आक्रमण सामु टिक्न सकेनन्।
नेपालका लागि:
-
सोपल कामी: ९.१ ओभरमा ४८ रन दिँदै ३ विकेट
-
करण केसी: १० ओभरमा ३५ रन दिँदै २ विकेट
-
सन्दीप लामिछाने र ललित राजवंशी: समान २-२ विकेट लिए ।
नेपालको पारी
लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सुरुवातमा केही विकेट गुमाए। तर आरिफ शेखको शानदार अर्धशतकले नेपाललाई जितको ढोका खोलिदियो।
-
आरिफ शेख: ९९ बलमा ७८ रन (७ चौका, २ छक्का)
-
दिपेन्द्र सिंह ऐरी: ५१ बलमा नटआउट ३८ रन
-
गुल्सन झा: अन्त्यमा आक्रामक ११* (४ बलमा) बनाउदा नेपालले ४७.१ ओभरमै २२६/५ रन बनाउँदै जित सुनिश्चित गर्यो।