दाङवाट तीन जुवाडे पक्राउ

everest kitchen

दाङ, २२ जेठ । दाङमा तीन जुवाडे पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा तीन जुवाडे पक्राउ परेका हुन् ।

सोही उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका–१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।