हङकङ र नेपाल हाफटाइम अघि गोलरहित अवस्थामा

everest kitchen

काठमाडौं, २२ जेठ । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।

बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा जारी खेलमा दुबै टोली गोलरहित अवस्थमा रहेका छन ।

जारी खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिएका थिए ।

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ ।

छनोट प्रतियोगिताको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।