जुन ९ मा सार्वजनिक बिदा, राहदानी सेवाका लागि समय लिएका सेवाग्राहीहरूलाई १० जुनमा उपस्थित हुन राजदूतावासको अनुरोध

everest kitchen

भिएना, जुन ५ – आउँदो जुन ९ तारिखका लागि राहदानी तथा अन्य कन्सुलर सेवा लिन समय लिएका सेवाग्राहीहरूलाई नेपाली राजदूतावास, भिएनाले १० जुनमा सेवा लिन उपस्थित हुन अनुरोध गरेको छ।

राजदूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको छ कि जुन ९ तारिख Whit Day को अवसरमा अष्ट्रियामा सार्वजनिक बिदा पर्ने भएकोले उक्त दिन राजदूतावास बन्द रहनेछ।

यसकारण सो दिनका लागि सेवा समय निर्धारण गरिएका सेवाग्राहीहरूले २०२५ जुन १० मा आवश्यक कागजातसहित राजदूतावासमा उपस्थित हुन सूचित गरिएको छ।

राजदूतावासले यस परिवर्तनले पार्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै समयमै जानकारी दिन जरुरी ठानेको जनाएको छ।