थाइल्याण्ड, जुन ५, २०२५ – एनआरएन थाइल्याण्डले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ सदस्यता लिन आह्वान गरेको लामो समय भइसकेको छ। यद्यपि अब सदस्यता दर्ता गर्ने समय छोटिँदै गएकोले चाँडोभन्दा चाँडो सदस्य बन्ने आग्रह गरिएको छ।
संस्थाले सबै नेपाली समुदायका सदस्यहरूलाई साझा हित, समुन्नत प्रवासी नेपाली समाज निर्माण, तथा एनआरएन गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै “आजै सदस्य बनौं, सबैलाई बनाऔं” भन्ने अभियान सञ्चालन गरिरहेको छ।
सदस्यता दर्ता प्रक्रिया सरल र छिटो बनाउनका लागि, संस्थाले एउटा निर्देशात्मक भिडियो पनि सार्वजनिक गरेको छ, जसमा सदस्यता कसरी लिने भन्ने स्पष्ट विवरण दिइएको छ। इच्छुक व्यक्तिहरूले तल दिइएको भिडियो हेरेर सहजै प्रक्रिया पूरा गर्न सक्नेछन्।
एनआरएन थाइल्याण्डले सबै नेपालीहरूलाई साथीभाइलाई समेत जानकारी गराई सदस्य बन्न प्रेरित गर्न अनुरोध गर्दै, प्रवासी नेपालीहरूको हितमा एकजुट भइ अगाडि बढ्न आह्वान गरेको छ।