म्याड्रिड, जुन ५, २०२५ – स्पेनस्थित नेपाली दूतावास, म्याड्रिडले राहदानी आवेदनका लागि नयाँ फाराम प्रणाली खुला गरेको छ। अबदेखि इच्छुक व्यक्तिहरूले https://emrtds.nepalpassport.gov.np मा गई फाराम भर्न सक्ने दूतावासले जानकारी दिएको छ।
दूतावासले सबै आवेदकहरूलाई अनलाइन फाराम भरिसकेपछि आवश्यक कागजातहरूको फोटोकपीसहित दूतावासमा उपस्थित हुन अनुरोध गरेको छ। कागजातहरू नपुग्दा सेवामा ढिलाइ हुन सक्ने भएकाले पूर्वतयारीका साथ आउनु अत्यन्त जरुरी हुने बताइएको छ।
राहदानीका लागि आवश्यक कागजातहरूको विस्तृत सूची दूतावासको आधिकारिक वेबसाइट https://sp.nepalembassy.gov.np/pages/passport-3/ मा उपलब्ध छ।
दूतावासले समयमै प्रक्रिया पूरा गर्न र फाराम भर्दा सावधानी अपनाउन सबैलाई आग्रह गर्दै, अनलाइन सेवा प्रणालीलाई थप प्रभावकारी र सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।