कोपेनहेगन, जुन ५, २०२५ – नेपाली राजदूतावास, कोपेनहेगनले यही आउँदो २८ र २९ जुन २०२५ का दिन नर्वेको राजधानी ओस्लोमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। सेवा अन्तर्गत नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी (ePassport) आवेदन दिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ।
सेवा विवरणः
- 
मिति: - 
२८ जुन २०२५ – समय: ११:०० – १८:०० 
- 
२९ जुन २०२५ – समय: ११:०० – १७:०० 
 
- 
- 
सेवा: विद्युतीय राहदानी आवेदन (अन्य सेवाको लागि दूतावासमा सम्पर्क गर्न अनुरोध) 
- 
स्थान: Selma Ellefsens Vei 2, 0581 Oslo (NRNA NCC Norway) 
राहदानी आवेदन दिने प्रक्रिया:
- 
अनलाइन फाराम भरिने वेबसाइट: 
 https://emrtds.nepalpassport.gov.np
- 
फाराम भर्दा ध्यान दिनुपर्ने कुरा: - 
Application Location मा Oslo विकल्प नभएकाले NE, Copenhagen चयन गर्नुहोस्। 
- 
मिति: २८ जुन २०२५ को मिति छान्नुहोस् (घुम्ती सेवाका लागि मात्र)। 
 
- 
- 
समय व्यवस्थापनका लागि सम्पर्क: - 
श्री विष्णु गौतम, अध्यक्ष, NRNA Norway – 📞 +47 9667 9139 
 
- 
- 
फाराम रुजू प्रक्रिया: - 
फाराम भरेपछि बारकोड सहितको फाराम डाउनलोड गरी 
 ✉️ eoncopenhagen@gmail.com मा पठाउनुहोस्।
- 
रुजू भएपछिको जानकारी २ कार्य दिनभित्र इमेलमार्फत प्राप्त हुनेछ। 
 
- 
- 
राजस्व भुक्तानी: - 
फाराम रुजू भएपछि मात्र राजस्व (fee) पठाउनुहोस्। 
- 
२४ जुन २०२५ भित्र राजस्व अनिवार्य रूपमा ट्रान्सफर गर्नुहोस्। 
- 
राजस्व बुझाएको रसिद (receipt) इमेलमार्फत पठाउनुहोस्। 
 
- 
- 
उपस्थित हुनुपर्ने कागजातहरू: - 
फारामको प्रिन्ट (वा डिजिटल प्रति) 
- 
राजस्व रसिद 
- 
अन्य आवश्यक कागजातहरूको प्रति 
- 
नाबालिगको हकमा अभिभावकको उपस्थिति अनिवार्य 
 
- 
विशेष अनुरोधहरू:
- 
दोहोरो फाराम नभरौं, अन्यथा आवेदन अस्वीकृत हुन सक्छ। 
- 
फाराम भर्दा अत्यन्तै सावधानीपूर्वक जानकारी भर्नुहोस्, त्रुटिपूर्ण राहदानीको जिम्मेवारी सेवाग्राही स्वयंको हुनेछ। 
- 
उच्च गुणस्तरमा स्क्यान गरिएका कागजातहरू मात्र अपलोड गर्नुहोस्। 
थप जानकारी:
- 
दूतावासको वेबसाइट https://dk.nepalembassy.gov.np मा हेर्न सकिनेछ। 
- 
अन्य सेवाको लागि दूतावासमा सम्पर्क गर्नुहोस्। 
 
                










