काठमाडौं, ६ जुन २०२५ — साउदी अरबमा आप्रवासी श्रमिकहरूमाथि भइरहेका व्यापक शोषण र दुव्र्यवहारविरुद्ध ३६ देशका ट्रेड युनियनहरूले संयुक्त रूपमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) समक्ष औपचारिक उजुरी दर्ता गरेका छन्।
ब्रिटिश पत्रिका द गार्जियनको समाचारअनुसार, उक्त उजुरीमा साउदी अरबमा श्रमिक अधिकारको गम्भीर उल्लंघन भएको भन्दै “commission of inquiry” गठन गर्न माग गरिएको छ, जुन ILO को सबैभन्दा प्रभावकारी छानबिन संयन्त्रमध्ये एक हो।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (ITUC) का महासचिव लुक ट्राएङ्गलले भने, “साउदी अरबमा श्रमिकको अर्को मृत्युलाई हामी सहन सक्दैनौं। विशेषगरी निर्माण र घरेलु क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकहरू दिनहुँ आधारभूत अधिकारबाट वञ्चित छन्, यो तत्काल अन्त्य हुनुपर्छ।”
साउदी अरबले सन् २०३४ मा फिफा विश्वकप आयोजना गर्न लागेको सन्दर्भमा तीव्र विकास र निर्माणकार्य भइरहेका बेला यस्तो उजुरी दर्ता भएको हो।
ILO सँग सहकार्य, तर पर्याप्त सुधार छैन
यसै साता साउदी अरबले जेनेभामा आयोजित वार्षिक सम्मेलनको अवसरमा ILO सँग दुई वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर गरेको थियो। सो सम्झौताअन्तर्गत श्रमिक कानुनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार्ने, न्यूनतम पारिश्रमिक निर्धारण गर्ने, श्रमिक प्रतिनिधि समितिमा आप्रवासी श्रमिकको सहभागिता सुनिश्चित गर्ने र घाइते वा मृतक श्रमिकको क्षतिपूर्ति सुधार गर्ने प्रतिबद्धता जनाइएको छ।
तर श्रमिक संघहरूका अनुसार ती सुधारहरू अपर्याप्त छन्। बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र १३ अफ्रिकी मुलुकका ट्रेड युनियनहरूले उजुरीमा हस्ताक्षर गरेका छन्, जुन साउदी पक्षद्वारा कडा रूपमा विरोध गरिएको छ।
“अफ्रिकाबाट साउदी अरब जीवन खोज्न जानेहरू शवमा फर्कन्छन्,” सोमेलिया ट्रेड युनियन महासंघका महासचिव ओमर उस्मानले गम्भीर आरोप लगाएका छन्।
जबरजस्ती मजदुरीदेखि मृत्युको रहस्यसम्म
उजुरीमा जबरजस्ती श्रम, मानव तस्करी, तलब नपाउनु, यौन तथा शारीरिक दुर्व्यवहार लगायत दर्जनौँ गम्भीर मुद्दाहरू उठाइएको छ।
मानव अधिकार संस्था (HRW) को पछिल्लो प्रतिवेदनमा दर्जनौँ श्रमिकहरूको निर्माणस्थलमा भयावह, तर टार्न मिल्ने दुर्घटनामा मृत्यु भएको खुलासा गरिएको छ — जसमध्ये भवनबाट लड्नु, करेन्ट लाग्नु र टाउको छुट्टिनुजस्ता घटनाहरू पनि समावेश छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार, साउदी अरबमा मृत्यु भएका श्रमिकहरूमध्ये धेरै बंगलादेश, भारत र नेपालका थिए। उनीहरूको उमेर २३ देखि ५२ वर्षबीचको थियो। अधिकांश अवस्थामा परिवारहरूलाई न त मृत्युको कारण स्पष्ट जानकारी दिइन्छ, न त शव फिर्ता गरिन्छ।
धेरै कम्पनीहरूले शव फिर्ता गर्न ढिला गर्ने वा नमान्ने, आफ्नै देशमा गाड्न दबाब दिने, र स-सानो क्षतिपूर्तिसँग शव गाड्ने सर्त राख्ने जस्ता व्यवहार गरेको HRW ले उल्लेख गरेको छ।
कफाला प्रणाली र आप्रवासी श्रमिकको बेबसी
साउदी अरबको कुख्यात कफाला प्रणालीअन्तर्गत श्रमिकको भिसा विशेष नियोक्तासँग बाध्य हुन्छ। यद्यपि केही सुधारहरू गरिएको भए पनि धेरै श्रमिक अझै पनि श्रम शोषण, तलब नपाउने, कुटपिट र अमानवीय व्यवहारको चपेटामा छन्।
न्युयोर्क टाइम्सको मार्च महिनाको रिपोर्टअनुसार, विगत पाँच वर्षमा साउदी अरबमा कम्तीमा २७४ केन्याली महिला श्रमिकको मृत्यु भएको छ। यस्तै, ठूलो संख्यामा युगाण्डाली श्रमिक पनि त्यही अवस्थाबाट गुज्रिएका छन्।
घरधनीको कुटपिट, तलब नपाउनु, भोकै राख्ने र यौन दुर्व्यवहारका पीडादायक घटनाहरू दिनप्रतिदिन सार्वजनिक भइरहेका छन्। धेरै युवतीहरू घर फर्किंदा केवल शव बाकसमा हुन्छ।
नेपाल सरकारलाई दबाब दिन माग
नेपाल श्रमिक संगठनहरूले पनि ILO मा गरिएको उजुरीको समर्थन गर्दै नेपाल सरकारलाई साउदी अरबमा श्रमिकहरूको सुरक्षाको विषयमा कडा कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
नेपालबाट हरेक वर्ष हजारौँ श्रमिक साउदी अरब जाने गर्छन्, जहाँ निर्माण, घरेलु काम र सरसफाइजस्ता जोखिमपूर्ण क्षेत्रमा उनीहरू कार्यरत हुन्छन्।
स्रोत: मिडल इस्ट इ