“समानता, सेवा र समर्पण – सुजनको वाचा”
लिस्बन, पोर्तुगल — आगामी गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलको निर्वाचनलाई लक्षित गर्दै जय बहादुर केसी ‘सुजन’ले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि NRNA पोर्तुगलमा सक्रिय भूमिका निर्वाह गर्दै आएका केसीले आफ्नो अनुभव, इमानदारी र श्रमिक समुदायप्रतिको समर्पणलाई आधार बनाएर उम्मेदवारी प्रस्तुत गरेका हुन्।
उम्मेदवारीको प्रमुख आधार:
अनुभव — केसी विगतदेखि नै NRNA पोर्तुगलमा क्रियाशील छन्। संस्थाको संरचना, उद्देश्य तथा समस्या समाधानका विधिमा गहिरो दखल राख्ने उनी, संघीय संरचनालाई जनमुखी बनाउने पक्षमा छन्।
सत्यनिष्ठा र स्वाभाविक नेतृत्व — व्यवसाय वा पुँजीबाट होइन, श्रमिक वर्गबाट आएका सुजन आफूलाई “सामान्य नेपालीको प्रतिनिधि” मान्छन्। उनी नेपाली समुदायको सेवामा निरन्तर क्रियाशील रहेको दाबी गर्छन्।
समस्यामा प्रत्यक्ष सहभागिता — आवास, कानुनी परामर्श, आपतकालीन सहयोग लगायतका विषयमा उनी प्रत्यक्ष संलग्न भएर समाधान खोज्दै आएको उनले बताएका छन्।
समावेशी नेतृत्वको प्रतिबद्धता — NRNA सबै नेपालीहरूको साझा संस्था हो भन्ने मान्यतासहित उनले संस्थालाई सबै वर्ग र समुदायसम्म पुर्याउने अठोट व्यक्त गरेका छन्।
सुजनको कार्ययोजना (Action Plan):
-
आवास समस्या समाधान
-
तत्काल अस्थायी आश्रयको व्यवस्था,
-
स्थानीय संघ/संस्थासँग सहकार्य,
-
आवास सहायता कोष स्थापनाको पहल।
-
-
कानुनी तथा आपतकालीन सहायता केन्द्र
-
निःशुल्क कानुनी परामर्श,
-
आवश्यक परेमा वकिल तथा अनुवादकको उपलब्धता।
-
-
श्रमिक अधिकारको संरक्षण
-
रोजगारदातासँग सहकार्य,
-
श्रम सचेतना र तालिम कार्यक्रम।
-
-
शिक्षा र सीप विकास
-
भाषा, सीप र छात्रवृत्ति कार्यक्रम,
-
युवा लक्षित सपोर्ट प्रोग्राम।
-
-
समुदाय एकता र सहभागिता
-
महिलाहरू, युवाहरू र वरिष्ठ नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने।
-