NRNA अष्ट्रेलियाको सदस्यता लिन अब १५ जुनसम्म समय

everest kitchen

सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले आफ्नो सदस्यता लिनुपर्ने अन्तिम म्याद थप गरेको छ। अब इच्छुक व्यक्तिहरूले २०२५ जुन १५ तारिख, राति ११:५९ बजे (AEST) सम्म नयाँ सदस्यता दर्ता वा नवीकरण गर्न सक्नेछन्।

संघले सम्पूर्ण नेपाली समुदायलाई NRNA मा सहभागी भई आफ्नो आवाज र भविष्यलाई मजबुत बनाउने सन्देश दिएको छ। NRNA सदस्य बन्ने प्रक्रिया सहज बनाउन मोबाइल एपमार्फत सदस्यता दर्ता खुला गरिएको छ।

सदस्यता दर्ताका लागि डाउनलोड गर्नुहोस्:

📱 iOS प्रयोगकर्ताका लागि:
🔗 Smart NRNA App on App Store

📱 Android प्रयोगकर्ताका लागि:
🔗 Smart NRNA App on Google Play

संघले भनेको छ: “तपाईंको सदस्यताले हाम्रो आवाज र हाम्रो भविष्य बलियो बनाउँन मद्दत गर्दछ। यदि तपाईं अझै सदस्य बन्नुभएको छैन भने, अब पनि समय छ – सदस्य बन्न नबिर्सनुहोस्।