म्याड्रिड — स्पेनस्थित नेपाली राजदूतावास, म्याड्रिडले राहदानी विभागसँगको समन्वयमा आगामी १४ र १५ जुन २०२५ मा घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ। उक्त शिविर भ्यालेन्सिया क्षेत्रको बेनिडोर्म शहरमा आयोजना गरिनेछ।
शिविरमार्फत नेपाली नागरिकहरूले नयाँ राहदानी बनाउने, नवीकरण गर्ने तथा राहदानीसम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्।