एनआरएनए क्यानडाको बोर्ड सदस्यमा प्रेम घिमिरेको उम्मेदवारी घोषणा

everest kitchen

टोरन्टो, क्यानडा –
क्यानडामा बसोबास गर्ने नेपाली समुदायप्रति समर्पित हुँदै प्रेम घिमिरेले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५-२०२७ का लागि एनसीसी बोर्ड सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै घिमिरेले भने, “यो जिम्मेवारी केवल एक पद होइन, यो हाम्रो समुदायप्रतिको समर्पण, सेवा र एकताको प्रतिबिम्ब हो। हामी सबै मिलेर सशक्त, सहानुभूतिपूर्ण र प्रगतिशील समुदाय निर्माण गर्न सक्छौं।”

उनले क्यानडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट माया, विश्वास र सहयोगको अपेक्षा गर्दै चुनावमा साथ दिन अनुरोध गरेका छन्। “NRNA क्यानडामा तपाईंहरूको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गर्वको कुरा हुनेछ,” – घिमिरेले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

उम्मेदवार घिमिरेले “सपना साझा गरौं, समाधान खोजौं, विश्वास कायम गरौं” भन्ने नारासहित सामूहिक सहकार्यमा आधारित नेतृत्वको प्रतिबद्धता व्यक्त गरेका छन्।