टोरन्टो, क्यानडा –
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकालका लागि चन्द्र पौड्यालले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले एनआरएनए क्यानडाको सदस्यता लिनुपर्ने अन्तिम म्याद जुन १९ नजिकिंदै गर्दा, सम्पूर्ण क्यानडावासी नेपाली समुदायलाई समयमै सदस्यता लिन सादर आग्रह गरेका छन्।
पौड्यालले आफू उम्मेदवार बन्ने निर्णयको जानकारी दिँदै भनेका छन्,
“यो उम्मेदवारी मेरो व्यक्तिगत आकांक्षा मात्र होइन, प्रवासी नेपालीहरूको हकहित, एकता र पहिचानको प्रतिनिधित्व गर्न लिएको जिम्मेवारी हो।”
उनले सदस्यता प्रक्रियामा सहभागी भई आफूलाई समर्थन गर्न हार्दिक अनुरोध गर्दै सबैलाई समयमै सदस्यता लिन आग्रह गरेका छन्।
“NRNA क्यानडाको यो चुनावमा तपाईंहरूको साथ र समर्थनले मात्र मेरो अभियान सफल बन्न सक्छ,” – चन्द्र पौड्याल
एनआरएनए क्यानडा सदस्यता लिन इच्छुक नेपालीहरूले तोकिएको म्यादभित्रै अनलाइन प्रणालीमार्फत दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।