माल्टा, ९ जुन २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टाले आज एक सूचना जारी गर्दै, हालसम्म जम्मा १७१ जनाले नयाँ तथा नविकरण (Renewal) गरी सदस्यता फारम भरेको जानकारी दिएको छ।
तर, प्राप्त आवेदनहरूमध्ये केही आवेदनहरू “Pending Application” सूचीमा परेका छन्। एनसीसी माल्टाका अनुसार ती आवेदनहरूमा आवश्यक कागजातहरू अपूर्ण रहेका कारण, आवेदकहरूलाई ईमेलमार्फत पुनः आवश्यक कागजात अपलोड गर्न अनुरोध गरिएको छ।
कागजात अपलोड गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण बुँदाहरू:
नयाँ सदस्यता (New Membership) का लागि:
-
माल्टा ID Card को अगाडिको भाग (Front Side)
-
Visa को पछाडिको भाग (Back Side)
नविकरण (Renewal) का लागि:
-
पुरानो NRNA ID Card
माल्टा आएको २ वर्ष पुगेको छैन भने:
-
पहिले बसेको देशको Visa वा ID Card
-
साथै माल्टा ID Card को Blue Print वा Visa Copy
एनआरएनए माल्टाको आग्रह:
एनसीसी माल्टाले सबै आवेदकहरूलाई सही कागजात सही स्थानमा अपलोड गर्न आग्रह गरेको छ। यसले सदस्यता प्रक्रियालाई छिटो सम्पन्न गर्न सहयोग गर्नेछ।
यदि थप जानकारी वा सहयोग आवश्यक परेमा, आवेदकहरूलाई NRNA Malta टिमसँग सिधै सम्पर्क गर्न सुझाव दिइएको छ।
एनआरएनए एनसीसी माल्टाले सदस्यता प्रक्रिया समयमै पूरा हुने आशा गर्दै सबैलाई धन्यवाद व्यक्त गरेको छ।