ट्राफिक सप्ताह रौतहटमा चालकको निःशुल्क स्वास्थ जाँच गरिँदै

everest kitchen

सञ्जय मिश्रा

रौतहट २६ जेठ। रौतहटमा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सोमवार पाँचौं दिन बिभिन्न सवारी चालकको स्वास्थ जाँच गरी मनाईंदैछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट द्वारा आयोजित कार्यक्रममा चन्द्रपुर हस्पिटल प्रालिले चालकको निःशुल्क स्वास्थ जाँच तथा औषधी बितरण गरी रहेको छ।

अस्पतालका सञ्चालक तथा बरिष्ठ डाक्टर सुभाष चौधरीले भने, ‘गाडी होस् वा देश गाडी दुर्घटनाबाट बच्न, चालक स्वस्थ हुनुपर्छ। देश दुर्घटनाबाट बच्न, प्रधानमन्त्री सन्तुलित र दूरदर्शी हुनुपर्छ। जिम्मेवारी जहिले पनि होसियार, सक्षम हातमा हुनु पर्छ’ उनले भने । राजमार्गमा यात्रुको सुरक्षा सुनिश्चित गर्न चालकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य अत्यावश्यक छ भन्ने उद्देश्यका साथ आज ट्राफिक जनचेतनामूलक सप्ताहको पाँचौं दिन चालक स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको  छ।

ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरको अगाडी बाटो छेउमा संचालित स्वास्थ परीक्षण कार्यक्रममा ७० जना चालकको परीक्षण तथा औषधी बितरण गरिएको डाक्टर चौधरीले बताएका छन्। सबै जनाको ब्लड सुगर, ब्लड प्रेसर, जेनरल चेक अफ, आँखा जाँच पछि औषधि बितरण गरिएको थियो।

उक्त अवसरमा डाक्टर सुभाष चौधरीको नेतृत्वमा बिभिन्न उपकरण सहित डाक्टरहरूको टीम संगै ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपि राजकुमार राई, जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

यस अघि आईतवार चौथो दिन सडक नाटक प्रस्तुत भएको छ । सबारी दुर्घटना न्युनिकरण गर्नको लागि चन्द्रपुरस्थित हिमालयन होटल अगाडि सडक नाटक प्रस्तुत गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको समन्वयमा चेतनामुलक नाटकको प्रस्तु्ती चन्द्रबिन्दु बिकास नेपालबाट भएको थियो। सडक नाटकमा कलाकारहरुले सडक दुर्घटना हुनुको कारण, ट्राफिक नियम पालना नगर्दा हुने समस्या, जनधनको क्षति लगायतका विषय नाटकमा समेटिएको थियो । नियम पालना गराउदा आइपर्ने दवाव, प्रभाव र अभावलाई ट्राफिक प्रहरीले झेल्नु पर्ने समस्याको बिषयमा सडक नाटकले जिवन्त दिएको थियो।

त्यस्तै, तेस्रो दिन शनिवार ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १४ जनाले रक्तदान गरी मनाएका थिए। गत बिहीबार जिल्ला सदरमुकाम गौरबाट ट्राफिक सप्ताहको शुभारम्भ गरिएको थियो।

पहिलो दिन उदघाटन कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, बिभिन्न विद्यालयका शिक्षक शिक्षिका, विधार्थी, अभिभावक, नागरिक समाज लगायत सैयौं मानिसको सहभागितामा नारा जुलुस सहित र्याली निकालिएको थियो।