जापान, १० जुन २०२५
एनआरएनए (Non-Resident Nepali Association) जापानको सदस्यता लिनको लागि आज र भोली (१० जुन) मात्रै समय बाँकी रहेको छ। सदस्यता लिन चाहने सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरुलाई सक्रिय सहभागीता जनाउन आह्वान गरिएको छ।
एनआरएनए जापानले नेपाली समुदायको सहयोग र सहभागिताबाट नेपाल हाउस जस्ता ठूलो महत्वका परियोजनाहरू सफल बनाउनको लागि उचाइमा पुग्न सकेको छ। यसअघि पनि संस्था विभिन्न समस्याहरूको समाधानमा सक्रीय रूपमा प्रस्तुत हुँदै आएको छ।
यसपटक, एनआरएनए जापानको अध्यक्ष पदको उम्मेदवारका रूपमा शुभास लामिछानेले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै संस्थाको बलियो बनावट र सहयोगको लागि सदस्यता लिन सबैलाई आग्रह गरेका छन्।
शुभास लामिछानेले भने, “हाम्रो उद्देश्य भनेको सबै नेपालीलाई एकजुट गर्नु हो। यद्यपि विभिन्न कारणले प्रत्यक्ष सम्पर्क गर्न कठिनाइ भए पनि, एनआरएनए सधैँ नेपालीहरूको पीडा र समस्यामा साथ दिन तयार छ।” उनले थपे, “सदस्यता लिई हामी सबै मिलेर संस्थालाई अझ बलियो र प्रभावकारी बनाउन सक्छौं।”
त्यसैले, यदि तपाईं एनआरएनए जापानको सदस्य बन्न चाहनुहुन्छ भने, आज र भोली मात्र अवसर छ। सदस्यता लिई समाधानको हिस्सा बन्नुहोस्।