जोहोरबारु, मलेसिया – नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको जोहोरबारु क्षेत्रीय समितिको तेस्रो अधिवेशन तथा साधारण भेला ०७/०६/२०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
नयाँ नेतृत्वको अध्यक्षमा सन्तोष ठान्ती थामी, उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा समिता राई (सन्जु), सह–सचिवमा मे हाङ थामी, कोषाध्यक्षमा देबिका राई (बिनु), सह–कोषाध्यक्षमा देश राना मगर चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रज्वल हार्बा थामी, सशिकला राई, कमल रिस्मी थामी र सोम मगर चयन भएका छन्। अधिवेशनले मंगल तामाङ र तिपेन्द्र बुढा मगरलाई सल्लाहकारको भूमिकामा चयन गरेको छ।
नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सम्पूर्ण सहभागी तथा शुभेच्छुकहरूले ऐक्यबद्धता प्रकट गरेका छन्।
यस अधिवेशनलाई प्रवासी भूमिमा रहेका आदिवासी जनजातिहरूबीचको एकता र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।