ओस्लो, नर्वे – गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेले आफ्नो सदस्यता आन्तरिक पोर्टल (Membership Internal Portal) आजदेखि आधिकारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। अब इच्छुक नेपालीहरूले अनलाइनमार्फत सजिलै सदस्यता आवेदन दिन सक्नेछन्।
एनआरएनए नर्वेले सबै नेपालीहरूलाई संगठनमा आवद्ध भई आधिकारिक सदस्य बन्न आह्वान गर्दै निम्न प्रक्रिया पालना गर्न अनुरोध गरेको छ।
🔗 पोर्टल लिङ्क: members.nrna.no
📝 प्रक्रिया:
-
वेबसाइटमा गएर आवश्यक विवरणहरू सहित सदस्यता फारम भर्नुहोस्।
-
तल दिइएका माध्यमबाट सदस्यता शुल्क भुक्तानी गर्नुहोस्।
💳 VIPPS नं.: 126634
🏦 बैंक खाता नं.: 15033223827
📩 भुक्तानी गर्दा ‘Membership Fee’ र तपाईंको पूरा नाम सन्देश बक्समा उल्लेख गर्नुहोस्।
🗓 अन्तिम म्याद: ७ जुलाई २०२५, राति ११:५९ बजेभित्र
एनआरएनए नर्वेले यो नयाँ प्रणालीले सदस्यता प्रक्रियालाई पारदर्शी, द्रुत र सहज बनाउने अपेक्षा गरेको छ। संगठनले सबैलाई यस अवसरको उपयोग गरी सदस्यता लिन आग्रह गरेको छ।