राहदानीको अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सूचना — लिस्बनस्थित नेपाली दूतावासको जानकारी

everest kitchen

१३ जून २०२५ | लिस्बन
हिमाल टाईम्स संवाददाता

लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (E-Passport) को अनलाइन अपोइन्टमेन्ट प्रणाली सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।

दूतावासका अनुसार, प्रत्येक शुक्रबार साँझ करिब ५ बजे (कार्यालय बन्द हुने समयमा) तथा यदि शुक्रबार सार्वजनिक बिदा परेको खण्डमा बिदापछि पहिलो कार्यदिवसको बिहान करिब १० बजे, नयाँ राहदानीका लागि अनलाइन अपोइन्टमेन्ट खुला गरिनेछ।

🔗 अनलाइन अपोइन्टमेन्ट लिँने पोर्टल:
👉 https://emrtds.nepalpassport.gov.np/

राहदानी आवेदन गर्दा ल्याउनु पर्ने कागजातहरू:

 अनलाइन अपोइन्टमेन्टको प्रिन्ट (PDF मा प्रिन्ट गरेर)
 पुरानो सक्कल राहदानी र फोटोकपी
 नेपाली नागरिकता प्रमाणपत्र र फोटोकपी

नागरिकता नभएका वालवालिकाको हकमा:

  • जन्मदर्ता प्रमाणपत्र

  • नावालक परिचयपत्र

  • बाबुआमाको राहदानी र नागरिकता

  • विवाह दर्ता

  • पुरानो राहदानी

  • सबै कागजातहरूको फोटोकपी

राहदानीका लागि लाग्ने शुल्क (नगदमा अनिवार्य):

प्रकार शुल्क (युरो)
राहदानी नविकरण (वयस्क) €120
हराएको/बिग्रिएको राहदानी €180
१० वर्ष मुनिको राहदानी नविकरण €60
१० वर्ष मुनिको हराएको राहदानी €90


धेरै सेवाग्राहीले कागजातको फोटोकपी तथा शुल्क नगदमा नल्याएको कारण समस्या परेकाले, दूतावासले सबैलाई यी कुरामा विशेष ध्यान दिन आग्रह गरेको छ।