महाराष्ट्रमा प्रथम ऐतिहासिक राज्य भेला तथा सांस्कृतिक कार्यक्रम हुँदै – डा. स्वर्णिम वाग्ले प्रमुख अतिथि

everest kitchen

१३ जुन २०२५ | मुम्बई, भारत
हिमाल टाईम्स संवाददाता

प्रवासी नेपाली सम्पर्क मञ्च भारत अन्तर्गतको महाराष्ट्र राज्य समिति द्वारा आयोजित प्रथम ऐतिहासिक राज्य भेला तथा सांस्कृतिक कार्यक्रम यही १६ जुन २०२५, सोमवारका दिन विशेष रुपमा सम्पन्न हुने तयारी गरिएको छ।

कार्यक्रममा नेपालका प्रतिनिधि सभा सदस्य तथा अर्थशास्त्री माननीय डा. स्वर्णिम वाग्ले प्रमुख अतिथि रहनेछन्।

कार्यक्रम आयोजक महाराष्ट्र राज्य समितिले सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरू, र देशप्रेमी युवाहरूलाई उत्साहजनक उपस्थितिका साथ सहभागी भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।