एनआरएनए स्वीडेनको आठौँ महाधिवेशनका लागि पञ्जिकृत सदस्यता आवेदन खुला

everest kitchen

१३ जुन २०२५ | स्टकहोम, स्वीडेन
NRNA News Desk – यूरोप

गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् स्वीडेनले आगामी २०२५–२०२७ कार्यकालका लागि पञ्जिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेको छ। सदस्यता प्राप्त गर्न चाहने स्वीडेनवासी सबै गैर-आवासीय नेपालीहरुलाई यो समाचार मार्फत जानकारी गराइएको छ।

संघले आगामी आठौँ महाधिवेशन १९ जुलाई २०२५ शनिबारका दिन Folkets Husby, Edvard Griegsgången 16, Kista, स्टकहोममा आयोजना गर्न लागेको छ। महाधिवेशनमा सहभागी हुन पञ्जिकृत सदस्यता अनिवार्य गरिएको छ।

 सदस्यता आवेदन सम्बन्धी महत्त्वपूर्ण जानकारी:

आवेदन खुल्ने मिति: ५ मार्च २०२५
आवेदन बन्द मिति: १८ जुन २०२५
सदस्यता शुल्क: १५० SEK
भुक्तानी माध्यम: Bank Transfer वा Swish
आवेदन लिंक: Smart NRNA App (डाउनलोड गरी आवेदन फारम भर्नु पर्ने)

आवेदन दिने प्रक्रिया:

  1. Smart NRNA App डाउनलोड गरी आवश्यक विवरण भर्नुहोस्।

  2. फारममा उल्लेख गरिएको इमेल वा मोबाइल नम्बर नै प्रोफाइलको User ID हुनेछ।

  3. आफ्नो विवरण सही तरिकाले भर्नुहोस्, किनभने MIS सिस्टममा एकपटक भरिएको विवरण परिवर्तन गर्न सकिँदैन।

  4. सदस्यता शुल्क बैंकमा वा स्विस (Swish) मार्फत बुझाउनुहोस्।

  5. रसीदको फोटो अपलोड गरेपछि मात्र आवेदन स्वीकृत हुनेछ।

  6. नयाँ सदस्यता लिनेले पासपोर्ट, LMA कार्ड, सवारी चालक अनुमति पत्र, वा अन्य कुनै स्वीडेनी सरकारी ID कार्ड अपलोड गर्नुपर्नेछ।

  7. नविकरण गर्नेले अघिल्लो परिचय खुलाउने कागजात मान्य भए नयाँ कागजात अपलोड गर्नु नपर्ने तर सेल्फी र भुक्तानी रसिद अपलोड अनिवार्य हुनेछ।

भुक्तानी विवरण:

  • Bank: Nordea Bank

  • Plusgiro Number: 581185-6

  • Swish Number: 1230128405

 थप जानकारीका लागि सम्पर्क :

नाम मोबाईल नम्बर
Dinesh Shrestha 0723330999
Ganga Ghimire 0762450192
Bijaya Pradhan 0760191970
Rajendra Tamang 0734981675
Naresh Bhandari 0763175040
Subhash Ghimire 0737543733
Sanjita Sharma 0764318889
Bibek KC 0735138627
Shakti Lama 0700143456
Anjana Giri 0723000492
Chum Bahadur Gurung 0790291134
Arjun Gurung 0764474798
Biman Tamang 0734892732
Asraf Ali 0700929618