कुआलालम्पुर, मलेसिया – पी एन सिसि मलेसिया र एन एस आई मलेसियाको सहकार्यमा आयोजित गोष्ठीमा मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई PERKESO (Pertubuhan Keselamatan Sosial) र बैदेशिक रोजगारमा कार्यरत श्रमिकलाई उपलब्ध सेवा सुविधा र सहयोगका बारेमा प्रशिक्षण प्रदान गरियो।
गोष्ठीको प्रमुख उद्देश्य मलेसियामा काम गरिरहेका नेपाली श्रमिकहरूलाई बैदेशिक रोजगारसँग सम्बन्धित सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र अन्य सर्तहरूको बारेमा जानकारी दिनु थियो।
अधिकारिहरुले यस अवसरमा मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई PERKESO मार्फत उपलब्ध विभिन्न लाभ र सेवाहरूका बारेमा विस्तृत जानकारी दिए। PERKESO, मलेसियाको सामाजिक सुरक्षा संस्था हो जसले श्रमिकहरूको सामाजिक सुरक्षा र स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दछ। यसले श्रमिकलाई दुर्घटना, अनपेक्षित बीमारिका लागि आर्थिक सहयोग र चिकित्सा सेवा उपलब्ध गराउँछ।
कार्यक्रमका दौरान, सहभागी प्रतिनिधिहरूलाई मलेसियामा रहेका श्रमिकहरूको समस्याहरू र उनीहरूको हक-हितको बारेमा पनि चर्चा गर्न प्रेरित गरियो। यस गोष्ठीले श्रमिकहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षिण र शिक्षा प्रदान गर्दै बैदेशिक रोजगारको क्षेत्रलाई थप सुदृढ गर्ने उद्देश्य राखेको थियो।
गोष्ठीमा सहभागी हुने प्रतिनिधिहरूले, मलेसिया सरकारसँग श्रमिकहरूको अधिकार र सुविधा सुरक्षित गर्नका लागि थप कदम चाल्नुपर्ने आवश्यकता पनि औंल्याए।
यो कार्यक्रम मलेसियामा रहेका नेपाली श्रमिकहरूको लागि एक महत्वपूर्ण अवसरको रूपमा रहेको छ, जसले उनीहरूको सामाजिक सुरक्षा र जीवनस्तर सुधार्न मद्दत पुर्याउने छ।