भ्यालेत्ता, माल्टा – गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टाद्वारा आयोजित सदस्यता अभियान उल्लेखनीय रूपमा सफल भएको छ। धेरैजसो नेपालीहरू सहभागी भई उत्साहपूर्वक सदस्यता फारम भरेका छन्, जसले माल्टामा एनआरएनएको उपस्थिति बलियो बन्दै गएको संकेत गरेको छ।
सदस्यता अभियानमा देखिएको सहभागिता प्रति आयोजक टोलीले आभार व्यक्त गर्दै अर्को चरणको सदस्यता अभियान माल्टाको Paola क्षेत्रमा केही दिनभित्र सञ्चालन गरिने जानकारी दिएको छ।
एनआरएनए माल्टा परिवारले सबै नेपालीहरूलाई आव्हान गर्दै भनेको छ, “सदस्यता भर्न थोरै दिन मात्र बाँकी छन्। समयमै सदस्यता लिएर एनआरएनएको नेतृत्व चयन प्रक्रियामा सक्रिय सहभागिता जनाऔं।”
एनआरएनएले माल्टामा बसोबास गर्ने नेपाली समुदायको हितका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस किसिमका अभियानहरू मार्फत नेपालीहरूको एकता, सहभागिता र सशक्तिकरणलाई अझ अगाडि बढाउने लक्ष्य लिइएको छ।