पेनाङ, मलेसिया – तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तामाङ समाज, पेनाङ, मलेसियाको स्थापना भव्य रूपमा सम्पन्न भएको छ।
समाजको औपचारिक स्थापनाको अवसरमा आयोजित कार्यक्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थापक टोलीले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो ऐतिहासिक क्षणलाई सम्भव बनाउने तपाईंहरूको सहयोग, एकता र उत्साहप्रति गहिरो आभार प्रकट गरेको छ।
समाजले जारी गरेको सन्देशमा भनिएको छ: “हाम्रो भाषा, धर्म, संस्कृति र पहिचानलाई जगेर्ना गर्न तपाईंहरूको साथ निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।”
नेपाल तामाङ समाज पेनाङले आगामी दिनहरूमा विभिन्न सांस्कृतिक, सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै समुदायलाई अझ संगठित बनाउने योजना बनाएको जानकारी पनि दिइएको छ।