स्मार्ट एनआरएनए एप मार्फत चेक गणतन्त्रका नेपाली दाजुभाइ र दिदीबहिनीलाई सदस्यता नवीकरणको अनुरोध

everest kitchen

प्राग, चेक गणतन्त्र — असार ३, २०८२

गैर-आवासीय नेपाली संघ (एनआरएनए) चेक गणतन्त्रको राष्ट्रिय समन्वय समितिले सम्पूर्ण चेक गणतन्त्र निवासी नेपाली दाजुभाइ र दिदीबहिनीलाई Smart NRNA App डाउनलोड गरी सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता आवेदन दिने अपील गरेको छ।

समितिले स्पष्ट पारेको छ कि यस एप्लिकेशनमार्फत एनआरएनएको उद्देश्य, गतिविधि र योजनाहरूमा पारदर्शिता र गतिशीलता ल्याउन सहयोग हुनेछ।

समितिका अनुसार Smart NRNA App डाउनलोड गरेपछि सदस्यहरूलाई सदस्यता नवीकरण गर्न र सदस्यता नलिने महानुभावहरूले आवेदन गर्न सरल प्रक्रिया उपलब्ध हुनेछ।

“हामी चाहन्छौं कि चेक गणतन्त्रका नेपाली दाजुभाइ र दिदीबहिनीहरू एनआरएनएको सदस्य बनेर हाम्रो संगठनलाई अझ बलियो र सक्रिय बनाऊन्। यसमार्फत हाम्रो आवाज सबैभन्दा ठूलो र प्रभावकारी बनाउने लक्ष्य छ,” समितिका एक सदस्यले बताएका छन्।

सम्पूर्ण नेपाली समुदायलाई आफ्नो सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै एनआरएनए चेक गणतन्त्रले “सदस्यता प्रक्रिया सरल र डिजिटल बनाइएको छ, जसले सबैलाई सजिलो बनाउन मद्दत पुर्याउँछ,” भनिएको छ।

सदस्यता नवीकरण र आवेदन खुल्ला गरिएको अवधि:
१ मार्च २०२५ देखि १३ जुलाई २०२५ सम्म