ग्लास्गो — स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलामा ९८ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई चौथो विकेटको ठूलो झट्का लागेको छ। १२.१ ओभरमा कुशल भुर्तेल ३० रनमा आउट भएका छन्।
स्कटल्याण्डका बलर मार्क वाटको सटीक बलमा भुर्तेल एल्बीडब्ल्यू भए। भुर्तेलले ३५ बलमा ४ चौका प्रहार गर्दै ८५.७१ को स्ट्राइक रेटमा ३० रन बनाएका थिए।
नेपालको स्कोर अहिले १२.१ ओभरमा ६०/४ पुगेको छ।