हङकङ — असार ३, २०८२
गैर-आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले आफ्नो नयाँ तथा अध्यावधिक सदस्यता अवधि थप गरिएको जानकारी गराउँदै सम्पूर्ण हङकङवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सदस्यता लिन हार्दिक अनुरोध गरेको छ।
संघका अनुसार, संस्थालाई अझ बैधानिक, सशक्त र समावेशी बनाउने उद्देश्यले सदस्यता अभियान पुनः खोलिएको हो। जसअनुसार १ मार्च २०२५ देखि १३ जुलाई २०२५ सम्म सदस्य बन्न सकिनेछ।