स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलामा नेपालको रोमाञ्चक जित

everest kitchen

ग्लास्गो — असार ३, २०८२

नेपालले स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलाको एक रोमाञ्चक खेलमा २ विकेटले जित हात पारेको छ। ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले अन्तिम बलमा जित हासिल गर्‍यो।

नेपालका कुशल भुर्तेल र किरण थगुन्ना काे संघर्षपूर्ण पारीपछि नेपाललाई विजय प्राप्त गर्न मद्दत पुर्याए।

नेपालले खेलको क्रममा कुशल भुर्तेलको ३० रनको योगदानबाट राम्रो शुरुवात पाएको थियो। उनले ३५ बलमा ४ चौका प्रहार गरे।
तर, मध्यक्रममा नेपाललाई केही झट्काहरू पनि लागेको थियो।
लोकेश बाम (९), अनिल साह (३), र रोहित पौडेल (७) चाँडै आउट भए। त्यसपछि दिपेन्द्रसिंह ऐरी (१४), बसीर अहमद (१३) र किरण थगुन्ना (१०) का योगदानले नेपाललाई लक्ष्य नजिक पुर्यायो।

नेपालको पारीमा करण केसी (३ रन) र सन्दीप लामिछाने (१ रन) ले अन्तिम ओभरमा महत्वपूर्ण भूमिका खेले, जसको कारण नेपाल २ विकेटले जित हासिल गर्न सफल भयो।