एनआरएन क्यानडामा सदस्यताको ऐतिहासिक रेकर्ड, भोलिसम्म आवेदन पूरा गर्न आह्वान

everest kitchen

टोरन्टो, क्यानडा –
गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाले अहिलेसम्मकै सबैभन्दा धेरै सदस्यता आवेदन प्राप्त गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ। एनआरएन क्यानडाले एक सूचनामार्फत् हालको सदस्यता स्थिति सार्वजनिक गर्दै सबै नेपाली समुदायलाई समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

सदस्यता स्थिति (२०७८ असार ४, बिहानसम्म):

  • स्वीकृत (Approved): १,०७६

  • नयाँ आवेदन (New Applications Received): २,७२३

  • प्रक्रियामा (Pending): ३५४

  • ड्राफ्ट अवस्थामा (Draft): ९७७

संगठनले ९७७ आवेदन अझै ड्राफ्ट अवस्थामा रहेको भन्दै सबैलाई भोलि २०२५ जुन १९ (बिहीबार) राति १२ बजेभित्र आवेदन पेश गरी भुक्तानी गर्न विशेष अनुरोध गरेको छ। यो समयसीमा पार गरेपछि गरिएको भुक्तानी यो वर्षको निर्वाचन प्रक्रियामा मान्य नहुने स्पष्ट गरिएको छ।

संगठनका अनुसार जुन २० बाट आवेदन प्रमाणीकरण प्रक्रिया तीव्र बनाइनेछ, र पेनडिङ अवस्थामा रहेका आवेदकहरूले आवश्यक कागजात अपलोड गर्न पाउनेछन्। यसका लागि Smart NRNA एप तथा आफ्नो इमेल नियमित जाँच गर्न अनुरोध गरिएको छ।

यदि कसैलाई आवेदन गर्न समस्या परिरहेको छ भने, Smart NRNA एप डिलिट गरेर मोबाइल रिस्टार्ट गरी पुनः इन्स्टल गर्न सुझाव दिइएको छ।

भुक्तानीका लागि PayPal गेटवे प्रयोग गरिएको छ। तर तपाईंलाई PayPal खाता आवश्यक छैन। केवल “PayPal” चयन गरी “Next” मा क्लिक गरेपछि क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

समस्या परेमा membership@nrna.org मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

एनआरएन क्यानडाले सबै नेपालीहरूलाई सशक्त र समृद्ध समुदाय निर्माणमा सहभागी बन्न, आफन्त र साथीहरूलाई पनि सदस्यता लिन प्रेरित गर्न अनुरोध गरेको छ।