झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ

everest kitchen

झापा, ६ असार । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ ।

कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको हो ।

सो अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

यस सबन्धमा प्रहरीले थप अनुसन्धान गरेको हो ।