कतार, १९ जुन २०२५ – संखुवासभा समाज कतारले आफ्नो लोपोन्मुख मौलिक पञ्चेबाजालाई बचाउन र प्रवर्द्धन गर्नका लागि एक ऐतिहासिक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम सनैया स्थित सम्स्थाका संरक्षक पर्शुराम दहाल ज्युको लालीगुराँस रेस्टुरेन्टमा सम्पन्न भएको थियो, जहाँ नेपाली राजदुतावास कतारका प्रथम सचीव, प्रमुख अतिथि श्रद्देय कृष्ण कुमार सुवेदी ज्यु लगायत दूतावासको सम्पूर्ण टोली उपस्थित भएका थिए।
यस कार्यक्रमको प्रमुख उद्देश्य संखुवासभा जिल्लाको मौलिक सांस्कृतिक धरोहर पञ्चेबाजालाई बचाउनु र यसको प्रचारप्रसार गर्नको लागि विश्वसामु चिनाउनु रहेको थियो। पञ्चेबाजा नेपालको सांगीतिक परम्परामा गहिरो स्थान राख्छ र यसको संरक्षण र प्रचार गर्ने कार्य अत्यन्तै महत्त्वपूर्ण छ।
कार्यक्रमको शुरुवात नेपाली राजदूतावास कतारका प्रथम सचीव श्री कृष्ण कुमार सुवेदी ज्युले पञ्चेबाजा बजाएर गरिएको स्वागतसँगै कार्यक्रमको उद्घाटन गरियो। तत्पश्चात, संखुवासभा समाज कतारका प्रतिनिधिहरूद्वारा मौलिक पञ्चेबाजा प्रदर्शन गरिएको थियो जसले उपस्थित सबैलाई चकित पार्यो।
पञ्चेबाजाको ध्वनिमा डुबुल्की मार्दै उपस्थित दर्शकहरुले त्यस ऐतिहासिक पललाई अविस्मरणीय बनाएका थिए। पञ्चेबाजा बजाउने क्रममा विभिन्न संखुवासभाका परम्परागत उपकरणहरूको प्रर्दशन गरिएको थियो जसले संखुवासभा जिल्लाको सांस्कृतिक धरोहरलाई जिवित राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण कुमार सुवेदी ज्युले भने, “हामीले आजको यस महत्वपूर्ण कार्यक्रममा उपस्थित भइ संखुवासभा समाज कतारको यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छौँ। नेपाली सांस्कृतिक धरोहरको संरक्षण हाम्रो पहिलो कर्तव्य हो, र पञ्चेबाजाजस्ता मौलिक परम्परालाई प्रबर्द्धन गर्न हामी सधैं तत्पर रहनेछौँ।”
यस कार्यक्रममा संखुवासभा समाज कतारका सदस्यहरूले पञ्चेबाजा बजाउने क्रममा आफ्नो सांस्कृतिक धरोहरको गर्व र पहिचान झल्काएको थियो। संखुवासभालि समुदायको एकता र सहयोगको भावना कार्यक्रममा प्रकट भएको थियो र यसले नेपाली समाजमा सांस्कृतिक पुनर्जागरणको दिशा पनि दिएको छ।
कार्यक्रमको समापनमा संखुवासभा समाज कतारका पदाधिकारीहरूले सबै उपस्थित व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन प्रतिवद्धता व्यक्त गरे।
संखुवासभा समाज कतारको यस कार्यले निश्चित रूपमा अन्य नेपाली समुदायलाई पनि सांस्कृतिक संरक्षण र प्रबर्द्धनको दिशामा अघि बढ्न प्रेरित गर्नेछ।
कार्यक्रमका विभिन्न क्षणहरूमा खिचिएका तस्वीरहरूको प्रदर्शनी गरिएको छ जसमा पञ्चेबाजा बजाउने दृश्य र सहभागीहरूको उत्साहजनक प्रतिक्रियाहरू समेटिएका छन्।