सउल, दक्षिण कोरिया —
गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले आउँदो जुलाई २६ र २७, २०२५ मा १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। संघले एक औपचारिक सूचना जारी गर्दै कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न हुने जानकारी दिएको छ।
महाधिवेशनमा एनआरएन अभियानसँग सम्बद्ध अग्रजहरू, संरक्षक, सल्लाहकार, पूर्व तथा वर्तमान ICC प्रतिनिधि, कार्यसमिति सदस्यहरू, पत्रकार, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, साथै कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
कार्यक्रमको संक्षिप्त विवरण:
-
मिति:
-
२६ जुलाई २०२५ (शनिबार) – उद्घाटन समारोह, खुला तथा बन्द सत्र
-
२७ जुलाई २०२५ (आइतबार) – निर्वाचन प्रक्रिया
-
-
समय:
-
शनिबार – बिहान १०:०० बजेदेखि
-
आइतबार – बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म
-
-
स्थान: सउल, दक्षिण कोरिया
-
विशेष सूचना:
सदस्यता फारम भर्ने अन्तिम मिति जुन ३०, २०२५ तोकिएको छ। समयमै सदस्यता नवीकरण तथा पञ्जीकरण गर्न आग्रह गरिएको छ।
गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको राष्ट्रिय महाधिवेशनले संगठनको आगामी नेतृत्व चयन गर्नुका साथै प्रवासी नेपालीबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया