डब्लिन, आयरल्याण्ड – असार ९ गते:
गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा सदस्यहरूले सदस्यता ग्रहण गरेका छन्।
एनआरएनए आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै निम्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले सदस्यता लिएको जानकारी दिएको छ:
-
बुद्धल योञ्जन लामा – अध्यक्ष, नेपाली कम्युनिटी लिमरिक
-
युवराज खत्री – अध्यक्ष, नेपाली कम्युनिटी कोर्क
-
उप्रेती डिन – अध्यक्ष, चितवन समाज आयरल्याण्ड
-
रामकृष्ण सापकोटा – अध्यक्ष, बागलुङ समाज आयरल्याण्ड
-
ज्ञानसिंह कौचा पुन – अध्यक्ष, नेपाल आयरल्याण्ड जनजाति संघ
-
साथै हिमालयन शामरक र काठमाडौं इन्टरटेन्मेन्ट इभेन्ट्सका सदस्यहरूले पनि सदस्यता लिएका छन्।
संघले सबै सदस्यप्रति आभार प्रकट गर्दै भनेको छ, “हामीप्रति विश्वास राखी एनआरएनए आयरल्याण्डको सदस्यता लिएकोमा हामी अत्यन्तै आभारी छौं।”
एनआरएनए आयरल्याण्डले अन्य संघसंस्थाहरूलाई पनि सदस्यता लिन आह्वान गर्दै भविष्यमा सहकार्य गर्ने विश्वास व्यक्त गरेको छ।
“हामी सबैसँग मिलेर काम गर्न चाहन्छौं र आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा नेपाली समुदायको हितमा अगाडि बढ्नेछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।