एनआरएनए चिबा समितिमा उम्मेदवारी दर्ता बिहीबार, नेपाली समुदायलाई सक्रिय सहभागिताको आह्वान

everest kitchen

फुनाबासी, जापान – गैरआवासीय नेपाली संघ (NRNA) चिबा समितिको आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता कार्यक्रम यही २०२५ जुन २६ (बिहीबार) का दिन आयोजना हुने भएको छ।

नेपाली समुदायको हक–हितमा काम गर्न इच्छुक सम्पूर्ण सदस्यहरूलाई यस ऐतिहासिक अवसरमा सहभागिता जनाउन चिबा समितिले आग्रह गरेको छ। उम्मेदवार दर्ता कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ८:०० बजेसम्म टुकि रेस्टुरेन्ट, फुनाबासी मा सम्पन्न हुनेछ।

एनआरएनए चिबा समितिले जापानमा रहेका नेपालीहरूको सामाजिक, सांस्कृतिक र आपत्कालीन अवस्थाहरूमा सहयोग पुर्‍याउने कार्य गर्दै आएको छ। आगामी कार्यकालमा अझ प्रभावकारी रूपमा समुदायप्रति समर्पित भएर काम गर्न सक्ने सक्षम नेतृत्व निर्माण गर्ने उद्देश्यले यो उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरिएको हो।

चिबा समितिका प्रतिनिधिहरूका अनुसार, “यो केवल पदका लागि होइन, समर्पणका लागि अवसर हो। नेपाली समुदायको सेवा गर्ने चाहना र दृढ इच्छाशक्ति भएका सबैलाई हामी आह्वान गर्दछौं—आउनुहोस्, हातेमालो गरौँ र नेपाली समुदायको उज्यालो भविष्य निर्माणमा साथ दिऔँ।”

समितिमा सहभागी हुन चाहने सबै इच्छुक व्यक्तिहरूले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन्।