वियना, जुलाई २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया अन्तर्गत २०२५ को निर्वाचन प्रक्रिया अन्तर्गत निर्वाचन समितिले पंजीकृत सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। आज प्रकाशित नामावलीमा ४४० जना पुराना सदस्यहरू र १५ जना नयाँ सदस्यहरू, गरी कुल ४५५ जना सदस्यहरूको विवरण समावेश गरिएको छ।
निर्वाचन समितिको कार्यतालिका अनुसार आज मिति २५ जुलाई २०२५ मा नामावली प्रकाशित गर्ने कार्यक्रम तय गरिएको थियो। सोही अनुसार, अष्ट्रियाबाट प्राप्त प्रमाणित सदस्यहरूको नामावली समितिले आधिकारिक रूपमा सार्वजनिक गरेको हो।
निर्वाचन समितिका अनुसार, नामावलीप्रति दाबी–विरोध पेश गर्ने समयसीमा भोलि २६ जुलाई २०२५ को राति ११:५९ बजे सम्म कायम गरिएको छ। सदस्यहरूलाई कुनै त्रुटि वा आपत्ति भएमा सो समयमा इमेलमार्फत निवेदन दिन आग्रह गरिएको छ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार दाबी–विरोध पेश गर्ने इमेल ठेगाना यस्तो छ:
📧 nrnaaustria.election@gmail.com
समितिले सबै सदस्यहरूलाई निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र सहमतिपूर्ण बनाउन सहयोग गर्न अनुरोध गरेको छ। आगामी दिनमा उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन र मतदान कार्यक्रमलाई लिएर थप सूचनाहरू सार्वजनिक गरिने बताइएको छ।