मनामा, बहराइन — इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मुहर्रम तथा हिजरी नयाँ वर्ष १४४७ को अवसरमा नेपाली राजदूतावास, मनामा यही २०८२ असार १२ गते बिहीबार (तदनुसार २०२५ जुन २६) का दिन बन्द रहने भएको छ।
राजदूतावासले एक सूचना जारी गर्दै सम्बन्धित सबै सेवाग्राही, नेपाली समुदाय तथा सरोकारवालालाई उक्त दिन कार्यालय बन्द रहने जानकारी गराउँदै, आवश्यक कामकाज र सेवाहरूका लागि वैकल्पिक दिनको उपयोग गर्न आग्रह गरेको छ।
मुहर्रम इस्लाम धर्मको एक महत्वपूर्ण महिना हो, जसको पहिलो दिनलाई हिजरी नयाँ वर्षको सुरुवातको रूपमा मनाइन्छ। यस अवसरमा विश्वभरका मुस्लिम समुदायले धर्म, शान्ति र सहिष्णुताको सन्देशका साथ विभिन्न कार्यक्रमहरू आयोजना गर्दछन्।
नेपाली राजदूतावास, मनामा ले सम्पूर्ण मुस्लिम समुदायलाई मुहर्रम तथा हिजरी नयाँ वर्ष १४४७ को शुभकामना व्यक्त गरेको छ।