अबुधाबी, संयुक्त अरब इमिरात — नेपाली राजदूतावास, संयुक्त अरब इमिरात (UAE) ले राहदानी नवीकरणका लागि थप प्रि-इनरोलमेन्ट फारम खुला गरेको जानकारी गराएको छ। राहदानी नवीकरण गराउन इच्छुक नेपाली नागरिकहरूले अनलाइन मार्फत फारम भरी सेवा लिन सक्नेछन्।
राजदूतावासले विशेष अनुरोध गर्दै भनेको छ कि, जुन मितिका लागि फारम भरिएको छ, सोही मितिमा मात्र राजदूतावासमा उपस्थित हुनुहुनुहोस्। अन्य मितिमा अनावश्यक भीड बढ्ने, सेवा प्रभावित हुने र व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले तोकिएको मिति र समयमा मात्र उपस्थित हुन अनुरोध गरिएको छ।
राहदानी नवीकरण प्रक्रिया सहज र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो।