नेपाली साहित्य समाज न्यूजिल्याण्डद्वारा “बधाई विशेष रचना वाचन” कार्यक्रम आयोजना हुने

everest kitchen

अकल्याण्ड, न्यूजिल्याण्ड — नेपाली साहित्य समाज न्यूजिल्याण्डको आयोजनामा विशेष साहित्यिक कार्यक्रम “बधाई विशेष रचना वाचन” यही शनिबार, २८ जुन २०२५ मा बिहान ९ बजे Zoom LIVE मार्फत आयोजना हुने भएको छ।

कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान पु¥याउँदै आएका चर्चित व्यक्तित्वहरूका रचना वाचन र शुभकामना प्रस्तुतिहरू रहनेछ।

कार्यक्रममा विशेष वाचकका रूपमा:

  • डा. वीरेन्द्र केसी

  • पशुपति कर्माचार्य

  • अध्यक्ष युवराज भण्डारी

  • नमिता दवाडी

लगायत स्रष्टाहरूको उपस्थिति रहनेछ।

कार्यक्रमको सञ्चालन मोहन आचार्यले गर्नेछन् भने डा. रमिल अधिकारी, सुलभ भारती, र दीपक लामिछानेजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

कार्यक्रम NRNA न्यूजिल्याण्डको समर्थन तथा सौजन्यमा सम्पन्न हुन लागेको हो।

साहित्य र सिर्जनाको सम्मानस्वरूप आयोजना हुने यो कार्यक्रमले दूरदेशमा रहेका नेपाली साहित्यप्रेमीहरूलाई जोड्ने प्रयास गर्ने आयोजकले जनाएका छन्।

सहभागिताका लागि Zoom लिंक तथा थप जानकारी नेपाली साहित्य समाज न्यूजिल्याण्डको आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइटमार्फत उपलब्ध हुनेछ।