नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाको ३१ औं साधारण सभा र १७ औं अधिवेशन भव्य रूपमा हुँदै

everest kitchen

रिचमण्ड, क्यालिफोर्निया — नेपाली कम्युनिटी सेन्टर रिचमण्डमा आगामी आइतबार जुन २९ मा नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाको ३१ औं साधारण सभा र १७ औं अधिवेशन भव्य रूपमा आयोजना हुँदैछ।

कार्यक्रम दिउँसो १:०० बजेबाट सुरु हुनेछ र यसमा एसोसिएसनका सदस्य, नेपाल समुदायका प्रतिनिधिहरू, तथा शुभेच्छुकहरूको गरिमामय उपस्थिति रहने अपेक्षा गरिएको छ।

एसोसिएसनका पदाधिकारीहरूले यस साधारण सभामा समुदायको विकास, आगामी योजनाहरू, तथा संघको भावी लक्ष्यहरूबारे छलफल गर्ने बताउँदै आएका छन्।

आयोजकहरूले भनेका छन्, “हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो भविष्य” भन्ने मूल मन्त्रका साथ यो सभा नेपाली समुदायको एकताको प्रतीक बन्नेछ।

नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाले यो सभा मार्फत समुदायको आवाज सुनाउने र साझा हितहरूमा एकजुट हुने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।