स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमद्वारा BBQ तथा भेटघाट कार्यक्रम सफल भएकोमा हार्दिक धन्यवाद

everest kitchen

२३ जून २०२५, लुभेन – क्यासाब्लांका पार्क, लुभेनमा आयोजित BBQ तथा भेटघाट कार्यक्रममा व्यस्तताका बाबजुद उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च, बेल्जियमले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।

कार्यक्रममा महामहिम नेपाली राजदूतज्यू, NRNA बेल्जियमका अध्यक्षज्यू, विभिन्न संघसंस्था, राजनीतिक, सांस्कृतिक र साहित्यिक क्षेत्रका प्रतिनिधि, पत्रकार, तथा युरोपका अन्य मुलुकबाट आएका अतिथिहरूको गरिमामय उपस्थिति विशेषरूपमा उल्लेखनीय रह्यो। चर्चित गायक रविन लामिछाने, जे.बी. ओली र स्थानीय कलाकारहरूको उत्कृष्ट सांगीतिक प्रस्तुति सहभागीहरूलाई मनोञ्जन र उत्साह प्रदान गर्‍यो।

यस रमाइलो BBQ कार्यक्रममा सहभागीहरूले आपसी संवाद र मनोरञ्जनका अवसर पाएका थिए, जसले नेपाली समुदायबीच आपसी मेलमिलाप र एकतालाई थप सुदृढ पार्ने विश्वास गरिएको छ।

कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगीहरू, सम्पर्क मञ्चका कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, स्वयंसेवकहरू र विशेषगरी कार्यक्रम संयोजक सूर्य शापकोटाज्यूको समर्पण र मेहनतलाई मञ्चले अत्यन्त सराहना गरेको छ।

कार्यक्रमकै क्रममा नेपालमा भइरहेको राजनीतिक प्रतिसोधको विरोधमा विश्वव्यापी रूपमा सञ्चालन भइरहेका हस्ताक्षर अभियान अन्तर्गत १८४ जनाले स्वेच्छिक हस्ताक्षर गरेका छन्। यद्यपि केही सञ्चारमाध्यममा हस्ताक्षर अभियान र ऐक्यबद्धता सम्बन्धी त्रुटिपूर्ण समाचार प्रकाशित भए पनि, स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्चले स्पष्ट पारेको छ कि कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन, भेटघाट र मेलमिलाप नै रहेको हो।

मञ्चले सबैमा अनुरोध गरेको छ कि बाह्य समाचार वा सामाजिक सञ्जालका टिप्पणीहरूभन्दा यस आधिकारिक धन्यवाद ज्ञापनलाई नै आधिकारिक धारणा मानिदिनुहोस्।

अन्तमा, सहभागी सबै महानुभावहरू, आर्थिक तथा नैतिक सहयोग गर्ने सबैको हृदयदेखि आभार व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता सामाजिक, सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।