प्रशान्त प्रसाईद्वारा एनआरएनए अष्ट्रेलिया एसिटी राज्यको उप–संयोजक पदमा स्वतन्त्र उम्मेदवारी घोषणा

everest kitchen

अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रशान्त प्रसाईले एसिटी राज्य उप–संयोजक पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

स्वतन्त्र उम्मेदवारीको घोषणासँगै उनले सामाजिक सञ्जालमार्फत भावुक र प्रेरणादायी सन्देश सार्वजनिक गर्दै आफू कुनै पनि पार्टी, समूह वा स्वार्थसँग आबद्ध नभएको स्पष्ट पारेका छन्।

उनले भनेका छन्: “आज एउटा दुस्साहस गर्दैछु। मैले NRNA मा एसिटी राज्यको उपसंयोजकको रुपमा उमेदवारी दिने मन बनाएको छु। साँच्चै मसँग रङ्गिन झण्डा छैन, तर साँचो मुटु छ यो समाजको लागि, सफा मन छ तपाईंहरुको लागि।”

प्रशान्त प्रसाईले NRNA लाई गैर–राजनीतिक, सेवा–मुखी, नेपाली समुदायको साझा संस्थाको रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै आफ्नो उम्मेदवारी परिवर्तनको आवाजको रूपमा रहेको बताएका छन्।

उनको भनाइमा: “नभुल्नुहोला, म पार्टीको हैन, परिवर्तनको आवाज हुँ।”

उनी भन्छन्: “प्रवासमा हाम्रो प्रतिष्ठा कसैले तयार गरेर दिने होइन, हामी आफैले निर्माण गर्नु पर्दछ। यसमा हामी थप जिम्मेवार बन्न जरुरी छ।”

उनको अभियानको मूल सन्देश “Lets Grow Together With Growing Diaspora” अर्थात् “हामी सबै प्रवासी नेपाली एकसाथ अघि बढौं” भन्ने रहेको छ।

प्रशान्त प्रसाईको उम्मेदवारीले NRNA अष्ट्रेलिया, विशेषतः एसिटी राज्यमा सक्रिय रहेका नेपाली समुदायमा नयाँ ऊर्जा र वैकल्पिक सोचको लहर ल्याउने अपेक्षा गरिएको छ।