संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली कामदारका लागि नयाँ न्यूनतम पारिश्रमिक तोकियो

everest kitchen

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा राजपत्रमा सूचना प्रकाशित

काठमाडौं, नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ अनुसार संयुक्त अरब इमिरेट्स (UAE) मा कामगर्न जाने नेपाली कामदारहरूको लागि नयाँ न्यूनतम मासिक पारिश्रमिक तोकेको छ। सो निर्णय नेपाल राजपत्र भाग ५, संख्या १४ मा आधिकारिक रूपमा प्रकाशित गरिएको हो।

मन्त्रालयका अनुसार वर्गीकरणअनुसार पारिश्रमिक निम्नानुसार निर्धारण गरिएको छ:

नयाँ न्यूनतम पारिश्रमिक दर (UAE Dirham – AED)

सि.नं. कामदारको वर्गीकरण न्यूनतम पारिश्रमिक खाना खर्च कुल मासिक पारिश्रमिक
अदक्ष (Unskilled) AED 1,000 AED 400 AED 1,400
अर्धदक्ष (Semi-Skilled) AED 1,200 AED 400 AED 1,600
दक्ष (Skilled) AED 1,500 AED 400 AED 1,900
उच्च दक्ष (Highly Skilled) AED 6,000 AED 400 AED 6,400