काठमाडौं, १५ असार । पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।
विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश दिएका हुन् ।
टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध अख्तियार दुरूपयोग आयोगले उनी बिरूद्द भ्रष्टचारको मुद्दा दायर गरेको थियो। त्यसपछि उनको पद स्वत निलम्बनमा परेको थियो ।
कांग्रेस नेता बस्नेत आजै अदालतमा उपस्थित भएका थिए । त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको हो ।