NRNA अष्ट्रेलिया NSW राज्य संयोजक पदमा रोशन भट्टराईद्धारा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा NSW राज्य समन्वय परिषद् (SCC) को राज्य संयोजक (State Co-ordinator) पदमा रोशन भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उहाँले एक औपचारिक सार्वजनिक सन्देशमार्फत समुदायलाई जानकारी दिँदै भन्नुभयो, “समुदायका अग्रजहरूप्रति सम्मानसहित, अनुभव, युवाको जोश र काम गर्न इच्छुक सक्षम टोलीका साथ अघि बढेका छौं।”

उहाँको टिमले सच्चा, समर्पित र पारदर्शी समाज सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

उम्मेदवारको प्रमुख सन्देश: “हिजोका अनुभव र आजका सक्रियतासँगै, हामी सबैको सहभागितामा एक मजबुत डायस्पोरा निर्माण गरौं।”

रोशन भट्टराईको उम्मेदवारीसँगै आगामी निर्वाचनमा प्रतिस्पर्धा चर्किने अपेक्षा गरिएको छ। उनले सबै पञ्जीकृत सदस्यलाई जागरुक भएर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।