एनआरएनए राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित

everest kitchen

लिस्बन, २७ जुन २०२५ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आगामी ०६ जुलाई २०२५ मा हुने १० औं राष्ट्रिय एकता महाधिवेशन र नयाँ कार्यसमिति निर्वाचनको तयारी स्वरुप २०७८ जना सदस्यहरूको प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ।

सदस्यहरूलाई सूचित गरिन्छ कि यो मतदाता नामावलीमा कुनै सच्याइ वा आपत्ति भएमा, उनीहरूले ३० जून २०२५, दिउँसो २ बजेसम्म एनआरएनए पोर्चुगलको कार्यालयमा (Rua Álvaro Coutinho n10, 1150-025 Lisboa) गएर लिखित रूपमा दाबी गर्न सक्नेछन्।

एनआरएनए पोर्चुगलले सबै सदस्यहरूको सहकार्य र सक्रिय सहभागीता अपेक्षा गरेको छ, जसले आगामी निर्वाचनको प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउन मद्दत पुर्याउनेछ।