सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् अन्तर्गतको आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि अमर पौडेलले नेशनल कोअर्डिनेशन काउन्सिल (NCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै पौडेलले समुदायका अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै, अनुभव र युवाको समन्वयमा आधारित एक सक्रिय र सक्षम टिमको साथमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी सेवामा विश्वास राख्दछ।”
पौडेलको भनाइमा, हिजोका अनुभव र आजको सक्रियतालाई साथ लिएर, सबैको सहभागितामा मजबुत नेपाली डायस्पोरा निर्माण गर्नु नै उनीहरूको मूल उद्देश्य हो।
पृष्ठभूमि संक्षेपमा:
-
अमर पौडेल सन् २०१६ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका हुन्।
-
उनले नेपालको इन्जिनियरिङ अध्ययन संस्थान (IOE) बाट Bachelor of Engineering र CQU, Australia बाट Master’s in IT अध्ययन गरेका छन्।
-
पेशागत रूपमा उनी एक इन्जिनियर तथा उद्यमी हुन्।
-
शिक्षा, माइग्रेशन, ट्राभल र होस्पिटालिटी क्षेत्रमा अष्ट्रेलियाको विभिन्न राज्य र अन्तर्राष्ट्रिय स्तरमा विविध व्यवसाय सञ्चालन गर्दै आएका छन्।
-
विद्यार्थी जीवनदेखि नै उनले आर्थिक सहायता, बसोबास र खानपानमा सहकार्य गर्दै अरूलाई सहयोग गर्दै आएका छन्।
-
अहिलेसम्म १०० भन्दा बढी उद्यमीहरूलाई व्यवसाय सुरु गर्न मार्गदर्शन दिइसकेका छन्।
-
सामाजिक सञ्जालमा कम सक्रिय भए पनि, मानव सेवा र परामर्शमार्फत सहयोग गर्नुमा आत्मसन्तुष्टि लिने व्यक्तित्व उनी रहेका छन्।
-
विभिन्न सामाजिक र दातृ संस्थासँग आबद्ध रहँदै समाजसेवामा योगदान दिइरहेका छन्।