सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि मिल्टन पौडेल CPA ले नेशनल कोअर्डिनेशन काउन्सिल (NCC Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
समुदायमा दीर्घकालीन रूपमा योगदान गर्दै आएका मिल्टन पौडेलले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “समुदायका अग्रजप्रति सम्मान, युवाको जोश र अनुभवको संयोजनसहितको एक सकृय र सक्षम टिमसहित हामी आएको छौं।”
उनले थप स्पष्ट पारे, “हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी सेवामा विश्वास राख्दछ।”
पौडेलले सबैको सक्रिय सहभागिताबाट बलियो नेपाली डायस्पोरा (Diaspora) निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार हिजोको अनुभव र आजको सक्रियतालाई एकसाथ अघि बढाउने यो अवसर ऐतिहासिक हुनसक्छ।