चिबा, जापान — गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् चिबाले आगामी २०२५–२०२७ कार्यकालका लागि आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ। यस अवसरमा, संयोजक कुल प्रसाद सुवेदी र उप–संयोजक मोहन कार्की, टीकाराम न्यौपाने, नीरज पाण्डे लगायतका सम्माननीय सदस्यहरूको चयन भएको छ।
महिला उप–संयोजक कुसुम बस्नेत, सचिव सरोज गिरी, सह–सचिव कुमार लामा, राजेन्द्र शर्मा, कोषाध्यक्ष बिमल प्रसाद न्यौपाने, सह–कोषाध्यक्ष गोविन्द (गोकुल) दाहाल, युवा संयोजक सुरज भुषाल र विभिन्न सदस्यहरूको नाम यसप्रकार चयन गरिएको छ: अनित केसी खत्री, दिलाराम सापकोटा, बोधराज केसी, ज्ञानेन्द्र निरौला, उमेश गुरुङ, नविन राना मगर, विनोद पाण्डे, वीर पाण्डे, नवराज तिवारी र बिमला केसी।
गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय परिषद् चिबाले सबै निर्वाचित सदस्यलाई हार्दिक बधाई तथा आगामी कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गरेको छ। यससँगै, नयाँ कार्यसमितिले जापानमा रहेका नेपाली समुदायका लागि उत्कृष्ट सेवाहरू प्रदान गर्नको लागि समर्पण र प्रतिबद्धता जनाएका छन्।
चिबा क्षेत्रका लागि यस नयाँ कार्यसमितिले समुदायको एकता, विकास र समृद्धिका लागि थप कदम चालेको विश्वास व्यक्त गरिएको छ।