सिड्नी, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि न्यू साउथ वेल्स (NSW) राज्य परिषद् अन्तर्गत NCC सदस्य पदमा जितेन्द्र श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण एनआरएनए सदस्यहरू र अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग साथ र समर्थनको लागि हार्दिक अनुरोध गरेका छन्।
उनी सन् २००७ देखि एनआरएनए अष्ट्रेलियाको सक्रिय सदस्य रहँदै आएका छन् भने विगत ६ वर्षदेखि Auburn Nepalese Community मा कोषाध्यक्ष, उपाध्यक्ष तथा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
उनको भनाइमा, “विगतका अनुभवहरू र सामाजिक सेवामा समर्पणको भावना लिएर अब म एनआरएनए अष्ट्रेलिया कार्यसमितिमा NCC सदस्यको रूपमा योगदान गर्न चाहन्छु।”
उनले थपे, “विभिन्न सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै सधैं नेपाली समुदायको हितका लागि काम गर्दै आएको छु। अब यो अनुभव र प्रतिबद्धतालाई अझ फराकिलो स्तरमा लैजाने अवसरको खोजीमा छु। तपाईंहरूको अमूल्य समर्थनले मलाई अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिनेछ।”