एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न, संयोजकमा राम लाल तामाङ चयन

everest kitchen

गुन्मा, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत गुन्मा क्षेत्रीय समितिको छैठौं अधिवेशन भव्य रूपले सम्पन्न भएको छ। २०२५–२०२७ कार्यकालका लागि सम्पन्न अधिवेशनले राम लाल तामाङलाई सर्वसम्मत रूपमा संयोजक पदमा चयन गरेको छ।

कार्यक्रममा एनआरएनए जापानका पदाधिकारीहरू, स्थानीय नेपाली समुदायका प्रतिनिधिहरू, तथा विभिन्न संघसंस्थाका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवगठित कार्यसमितिले जापानमा बसोबास गर्ने नेपालीहरूको हकहित संरक्षण, नेपाली समुदायबीच आपसी समन्वयको प्रवर्द्धन, र नेपाली पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ नेतृत्व चयनसँगै गुन्मा क्षेत्रीय समितिको आगामी गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।